चार सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली कोरियामा जाँदै
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
2k
Shares
काठमाडौँ । इन्टरनेसनल मास्टर्स इन्स्ट्रक्टर कोर्स तथा पुम–डान एक्जामिनर कोर्समा सहभागी हुन ४ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् ।
जुलाई ७ देखि १४ तारिखसम्म चलिरहेको कोर्समा मोहन विश्वकर्मा, हरिहर पाण्डे, मिन न्यौपाने र पुष्पराज जोशीले सहभागिता जनाउने छन् । चारै पुम–डान एक्जामिनर कोर्समा सहभागी हुने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।