arrow

सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा, दुवै यातायात अवरुद्ध हुन सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
raining.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको  छ। सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी  र गण्डकी  प्रदेश लगायत देशका तराईका केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ–गर्जन–चट्याङ्ग सहित भारी वर्षाकोसमेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिन्छ ।

तसर्थ हावा हुरी भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ