arrow

रौतहट प्रतिभा पुरस्कार शीतल गिरीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
sheetal-giri-happy.jpg

काठमाडौँ । ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ अन्वेषक तथा लेखक शीतल गिरी (गौर) ले पाउने भएका छन् । शब्दयात्रा प्रकाशनले २०८० सालको उक्त पुरस्कार गिरीलाई दिने भएको हो । 

लामो समयदेखि ऐतिहासिक तथ्यहरूको खोज र विभिन्न विधाका साहित्यिक तथा अनुसन्धानमूलक कृतिहरूको लेखन–प्रकाशन गर्नुका साथै रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गर्न लागिएको शब्दयात्राले जनाएको छ । 

पुरस्कारमा २५ हजार रुपैयाँ, अभिनन्दनपत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिने जनाइएको छ । गिरीले पुरस्कार ग्रहण गर्न स्वीकृति दिएकोसमेत उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ