arrow

नेपालमा लागुऔषध देशैभर फैलँदो, ११ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
crime-final-everytime-use.jpg

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना पक्राउ परेका छन् । कैलाली, गोदावरी नगरपालिका २ बसपार्कबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय पारस वलीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।    

नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका  १२ चौपत्ताबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका १४ नारायणचोक बस्ने २४ वर्षीय रमेश खत्री क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका ७ घर भई बाँके कोहलपुर नगरपालिका ११ बस्ने २६ वर्षीय दिपक वलीलाई  प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेकै राप्तिसोनारी गाउँपालिका ५ अलिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका(५ बिनौना बस्ने ३० वर्षीय देवेन्द्र खत्री रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगञ्जबाट बैजापुरतर्फ जाँदै गरेको भे ७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका २ सिम्ले बजारबाट अवैध लागूऔषध चरेस करिब ११ केजीसहित मकवानपुर थाहा नगरपालिका ७ बस्ने ४० वर्षीय जय बहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका(१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित दमक नगरपालिका ६ बस्ने २० वर्षीय अन्जान मगरसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले दमक नगरपालिका १ हवल्दार चोक बस्ने शैलेश कुमालको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ