arrow

एम्‍नेस्टीद्वारा तालिबानलाई शिक्षाविद् मतिउल्लाह वेसालाई रिहा गर्न आग्रह

logo
एजेन्सी,
प्रकाशित २०८० असार १४ बिहिबार
educationist-matiullah-wesa.jpg
तस्बिर : फाइल

काबुल। एम्नेस्टी इन्टरनेशनलले अफगानिस्तानका तालिबान अधिकारीहरूलाई अफगान शिक्षाविद् मतिउल्लाह वेसालाई बिनाशर्त रिहा गर्न आह्वान गरेको छ। बालिका शिक्षाको समर्थक 'पेन पथ' का संस्थापकसमेत रहेका मतिउल्लाहलाई यसअघि पक्राउ गरिएको खामा प्रेसले रिपोर्ट गरेको छ।

एम्नेस्टी इन्टरनेसनलले आफ्नो आधिकारिक एकाउन्टमा ट्विट गर्दै तालिबान अधिकारीहरूले तीन महिना अघि शिक्षा अधिकार कार्यकर्ता मतिउल्लाह वेसालाई स्वेच्छाचारी रूपमा गिरफ्तार गरेका थिए।

तालिवान डि-फ्याक्ट अधिकारीहरूले मनमानी रूपमा गिरफ्तार गरेका थिए। उनको निरन्तर हिरासत अन्तर्राष्ट्रिय मानव अधिकार कानून अन्तर्गत अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलाको अधिकारको स्पष्ट उल्लङ्घन हो। तालिबान डि-फ्याक्ट अधिकारीहरूले तुरुन्त र बिना सर्त मतिउल्लाह वेसालाई रिहा गर्नुपर्दछ,' ट्विटमा भनिएको छ।

शिक्षा अधिकार कार्यकर्तालाई तालिवान खुफिया इकाईले मार्च २७ मा काबुल सहरको पाँचौँ प्रान्तीय जिल्ला खुलाल खानमा रहेको मस्जिदबाट घर फर्किँदै गर्दा पक्राउ गरेको खामा प्रेसले जनाएको छ।

वेसाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको र पक्राउ परेदेखि नै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

एम्नेस्टी इन्टरनेशनलले मेको सुरुमा तालिबान अधिकारीहरूलाई मतिउल्लाह वेसा र केही अन्य मानवअधिकार कार्यकर्ताहरूलाई रिहा गर्न आग्रह गरेको थियो। तर, अहिलेसम्म यस सम्बन्धमा केही पनि नगरिएको खामा प्रेसले जनाएको छ।

तालिवान अधिकारीहरूले हिरासतमा लिएका अन्य धेरै कार्यकर्ताहरू छन्। विश्वविद्यालयका प्राध्यापक रसूल पारसी, नागरिक समाजका कार्यकर्ता हम्जा उल्फत र शम्स उर रहमान रहिक, मुर्तजा बेहबुदी अफगान-फ्रान्सेली फोटो पत्रकार, कवि तथा लेखक हसीब एहरारी र अन्य दर्जनौँ कार्यकर्तालाई हिरासतमा लिइएको थियो।

संयुक्त राष्ट्र सङ्घ जस्ता केही अन्तर्राष्ट्रिय संस्थाहरूले यी कार्यकर्ताहरूलाई रिहा गर्न माग गरे तापनि तालिबान प्रशासनले उनीहरूलाई महिनौँदेखि कैदमा राखेको खामा प्रेसले जनाएको छ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर) ले आफ्नो मे प्रतिवेदनमा अफगानिस्तानमा मानवअधिकारको उल्लङ्घन र बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको छ।

रिपोर्टमा उल्लेख गरिएको छ कि तालिबान अधिकारीहरूले मनमानी नजरबन्द, ज्यान मार्ने धम्की र उत्पीडन मार्फत आफ्ना विरोधीको आवाजलाई चुप लगाउने काम भएको खामा प्रेसले रिपोर्ट गरेको छ।

मार्चको सुरुमा, अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले तालिबानलाई शिक्षा कार्यकर्ता मतिउल्लाह वेसालाई रिहा गर्न आह्वान गरे, अफगानिस्तानमा आधारित खामा प्रेसले रिपोर्ट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ