arrow

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

लामजुरा पासपछि सम्पर्क बाहिर, माउन्टेन फ्लाइटबाट फर्कँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
manang-air-helicopter1.jpg
तस्बिर फाइल

काठमाडौं । सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टरमा विदेशी नागरिक रहेको बताइएको छ । 

हेलिकप्टर हिजो विदेशी नागरिक बोकेर माउन्टेन फ्लाइटमा गएको थियो ।

हिजो दुक्लामा बसेर फर्किँदै गरेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । 

हेलिकप्टर लामजुरा पाससम्म आइपुगेपछि सम्पर्क बाहिर रहेको छ । 

हेलिकप्टरले सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको थियो । 

हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित पाँच जना विदेशी यात्रु थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ