arrow

जिराफको कथा ‘जि माने जिराफ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
gi-girraf.JPG

काठमाडौं ।  जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’ कथालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशनमा ल्याएको छ ।  जीवजन्तुको बेग्लै संसार निर्माण गरी एरगन तानलकले लेखेको कथामा हिलाल कोर्कमाजले चित्रांकन गरेकी छन् । 

पुस्तकलाई डा. विमलकुमार सुवेदीले नेपालीमा अनुवाद गरेका हुन् भने यसका सम्पादक डा. गणेशप्रसाद भट्टराई हुन् । पुस्तक प्रथम पटक टर्कीबाट प्रकाशित भएको हो ।

पुस्तक १० देखि १४ वर्ष उमेर समूहका किशोर उन्मुख बालबालिकालाई केन्द्रित गरी लेखिएको हो । उनीहरूको व्यक्तित्व विकास र चरित्र निर्माणमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ