arrow

मनाङ एयरको हेलिकप्टर  सम्पर्कविहीन

सम्पर्कविहीन हेलिकप्टर खोज्न अर्को हेलिकप्टर परिचालन

पाँच यात्रु मेक्सिकन नागरिक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
manang-air-helicopter1.jpg
फाइल तस्बिर

काठमाडौं ।  सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकप्टर परिचालन गरिएको छ । 

सोलुखुम्बुको सुर्केबाट विहाना ९:५२ बजे काठमाडौंका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकप्टर बिहान १०:१ बजे सम्पर्कविहीन भएको थियो । 

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए । 

उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ