arrow

लमजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
manang-air-helicopter1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।  मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । 

बेनी प्रहरी चौकीका अनुसार हेलिकोप्टर दुर्घटनामा परेको थाहा पाएपछि टोली दुर्घटनास्थलतर्फ गएको छ । सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । 

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ