arrow

घुस लिँदै गर्दा प्रधानाध्यापक र विद्यालयका अध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
ciaa-office-FNL-new-.jpg.jpeg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका  छन् । 

अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । 

कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीको नियन्त्रणमा परेका हुन् ।

अख्तियारका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ