arrow

बुधवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
reliable-logo.jpg

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्कासन गर्न लागेको आईपीओमा बुधवारदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणको आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो। हाल कम्पनीको जारी पुँजी ४ अर्ब रुपैयाँ रहेको छ। सो पुँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर आइपिओ निष्कासन गर्न लागेको हो।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि पहिलो चरणमा निष्कासन तथा बिक्री खुल्ला गरिने भएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।



लोकप्रिय समाचार
नयाँ