arrow

अमेरिकी विमान प्रवेश गरे कारबाहीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
kim-jong.jpg

काठमाडौं ।  उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवम् सत्तारुढ दलकी एक प्रमुख अधिकारी किम यो जोङले एक प्रेस विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएकी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ । 

उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तरराष्ट्रिय कानुनअनुसार सुरक्षित एवम् जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ । 

अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ । हिजो अमेरिकी वायुसेनाको एउटा विमानले ५:१५ देखि १३:१० सम्म हवाई जासुसी गरेको ओरोप लगाइएको छ । 

अमेरिकी रक्षा मन्त्रालयका सहायक प्रेस अधिकृत सब्रिना सिंहले अन्तरराष्ट्रिय कानुनअनुसार आफ्ना साझेदार मुलुक र मित्रहरूका जल र वायु क्षेत्रमा जहाँसुकै सञ्चान गर्नसक्ने बताउँदै कोरियाली आरोपलाई अस्वीकार गरेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ