arrow

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

एक वर्षपछि पहिलो पटक बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि स्थगित भएको हो ।  

निधन भएपछि सभापति शेरबहादुर देउवा र उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का दाहालको शोकमा सहभागी हुन गएपछि बिहान ९ बजे एजेन्डा तय गर्न बस्ने भनिएको बैठक बस्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठक नै स्थगित भएको हो । 

काँग्रेस पार्टी कार्यालयका कार्यबाहक मूख्य सचिव डा. प्रदीप पराजुलीले एजेन्डाका लागि बैठक बस्न नसकेपछि आजको केन्द्रीय कार्यसमिति बैठक नबसेको जनाउँदै अब साउन २ गते बैठक बस्ने बताए । 

उनले एजेन्डाका लागि साउन २ गते बिहान ९ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने बताए । 

आजको लागि निर्धारित बैठक साउन २ गते १ बजे पार्टी कार्यालयमा सानेपा हुने कार्यवाहक सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ