arrow

आगलागीमा परी कम्तीमा १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

पञ्जाब । पाकिस्तानको पञ्जाब राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् । 

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् । मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ