arrow

एसईईमा ग्रेड वृद्धि गर्न वडाध्यक्षले लगाए यस्तो जुक्ति

विद्यार्थीलाई निःशुल्क पढाउँदै वडाध्यक्ष पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
teution-student.JPG

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरूलाई शिक्षा दिनमै बित्छ । 

बिहान साढे ६ बजेबाट ९ बजेसम्म घरमै पढ्न आएका विद्यार्थीहरूलाई एसईईको ग्रेड वृद्धि परीक्षा दिने तयारी गरेका विद्यार्थीहरूलाई अध्यापन गराउँछन् । 

धातिवाङ्ग माध्यमिक विद्यालयमा अध्ययन गरी ग्रेड वृद्धि गर्ने ८ जना विद्यार्थीहरूलाई नियमित अध्यापन गराउँदै आएका छन् । 

निःशुल्क रूपमा अध्यापन गराउने वडा अध्यक्ष पौडेल भन्छन् ‘एसईईमा सोचेअनुसार नतिजा नआए पनि ग्रेड वृद्धि मार्फत थप ग्रेड वृद्धि गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका कारण घरमै टिउसनको रूपमा अध्यापन गराउन थालेको छु ।’ 

अनिवार्य गणित र ऐच्छिक गणितको टिउसन वडा अध्यक्ष पौडेलले पढाउँछन् ।

'समाजसेवा गर्नका लागी वडा अध्यक्षमा जनताले विजयी बनाएका हुन, विद्यार्थीहरूलाई आफूसँग भएको ज्ञान सिकाई आदानप्रदान गरेपछि विद्यार्थीहरूलाई हौसला बढाउन टिउसन पढाउन थालेको छु । गत वर्ष पनि विद्यार्थीहरूलाई टिउसन पढाएको थिए', वडा अध्यक्ष पौडेलले भने ‘यस वर्ष पनि विद्यार्थीहरूले पढाउन भनेपछि बिहानको करिब ३ घण्टाको समय विद्यार्थीहरूसँग बिताउँछु ।’ २९ वर्षीय वडा अध्यक्ष दिनभर भने वडाकै काममा व्यस्त हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ