- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सलमान खानले शाहरुख खानको फिल्म ‘जवान’ हेर्ने भएका छन् ।
हालै रिलिज भएको फिल्मको प्रिभ्यु हेरेर सलमानले आफू पनि फिल्म हेर्ने बताएका हुन् ।
उनले आफू पहिलो दिन नै हलमा हेर्न जाने बताएका छन् । साथै उनले फिल्मलाई ब्लकबस्टर घोषणा गरेका छन् ।
सलमानको यस्तो प्रतिक्रियापछि शाहरुखले धन्यवाद दिएका छन् ।
शाहरुख र सलमानको दुश्मनी अहिले मित्रतामा परिणत हुँदै गएको छ ।
ऐश्वर्य रायको विषयलाई लिएर सलमानले कुनै समय शाहरुखको कठालो समातेका थिए ।
पछिल्लो समय शाहरुखको फिल्म ‘पठान’ मा सलमानले केमियो रोल गरेका थिए ।
दुवैवीच टाइगर ३ मा सहकार्य गर्ने पनि सहमति भएको छ ।