arrow

कति छन् नेपालमा सञ्चार माध्यम ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
rekha-sharma-2080-03-28.jpg

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छिन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन् । 

उनका अनुसार सबैभन्दा धेरै पत्रपत्रिका रहेका छन् भने सबैभन्दा  थोरै टेलिभिजन रहेका छन् । 

पत्रपत्रिकाको संख्या  ७ हजार ९७९ रहँदा टेलिभिजन २४२ वटा सञ्चालनमा रहेका छन् । यसैगरी, ३ हजार ९९० अनलाइन पत्रिका सञ्चालनमा रहँदा ९२८ वटा एफएम रेडियो चलिरहेका मन्त्री शर्माले जानकारी दिइन् । 

उनका अनुसार गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामग्री प्रकाशन तथा प्रशारण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ