arrow

सचिवालय बैठक अघि उपाध्यक्षहरूसँग ओलीको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
kp-oli-uml-meet.jpg

काठमाडौं । भोलि नेकपा (एमाले)लेको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक अघि अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षसँग छलफल गरेका छन् । ओलीले पार्टीको आन्तरिक जीवनका सम्बन्धमा पार्टी उपाध्यक्षसँग बिहीबार छलफल गरेका हुन् । 

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा छलफल गरेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभाषचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

असार ३० मा डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक बसेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले जानकारी दिए ।

बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ