arrow

भारतसँग वेष्ट इन्डिज निरीह, इनिङ्स हारको खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
rohit-sharma-yashwashi-jaiswal.jpg

काठमाडौँ । भारत विरुद्धको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज निरीह सावित भएको छ । रोसेउमा जारी पहिलो टेष्टको दोस्रो दिनको समाप्तिसम्म वेष्ट इन्डिज १६२ रनले पछि परिसकेको छ । 

हालै विश्वकप एक दिवसीयमा छानिन असफल भएर मर्माहित तरिकाले जिम्बाब्वेबाट घर फर्किएको वेष्ट इन्डिज घरेलु मैदानमा टेष्टमा पनि भारतसँग निरीह भएको हो । 

भारतले वल्ड टेष्ट च्याम्पियनशिपमा गतिलो अंक बटुल्ने लगभग निश्चित छ । लगातार दोस्रो पटक टेष्ट च्याम्पियनशिपको फाइनल खेलेको भारत तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ । 

खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले १५० रन मात्र बनाउन सक्यो । एलिस अथानाजेले सर्वाधिक ४७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ३ विकेट लिए । 

जवाफमा भारतले दोस्रो दिनको समाप्तिसम्म २ विकेट गुमाएर ३१२ रन बनाइसकेको छ । 

कप्तान रोहित शर्माले पहिलो विकेटका लागि यशस्वी जैसवालसँग मिलेर २२९ रनको साझेदारी गर्ने क्रममा १०३ रन बनाए । 

शुबमन गिल ६ रन बनाएर आउट भएका छन् । जैसवाल १४३ तथा विराट कोहली ३६ रन बनाएर अविजित छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ