arrow

एसीसी कप

नेपाल पाकिस्तान 'ए' सँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
pakistan-nepal.JPG

काठमाडौं ।  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल पाकिस्तान 'ए' सँग बिरुद्ध भिड्दै छ। श्रीलङ्कामा जारी प्रतियोगितामा नेपालले आज पाकिस्तान 'ए' सँग खेल्दै छ । 

समूह 'ए' को यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ । 

पाकिस्तानको 'ए' टोली रहे पनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान 'ए' टोली रहेको छ । 

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत छन् । नेपाल भने साबिक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदै छ ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ