arrow

ईक्यानमा शेषराज भट्टराईको प्यानल सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
ecan-seshraj-bhattarai-2080.jpg

काठमाडौँ । शैक्षिक परामर्श (ईक्यान) को नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा दुई प्यानल देखिएका छन् । शनिबार हुने निर्वाचनका लागि अध्यक्षमा मात्रै चार जना प्रतिस्पर्धी छन् । जसमा दुई प्यानलसँगै दुई स्वतन्त्र उम्मेदवारले नेतृत्वका लागि दाबेदारी दिएका छन् । 

जसमा अध्यक्षका लागि शेषराज भट्टराईले प्यानलसहित उम्मेदवारीको घोषणा गरेका छन् । भट्टराईको समूहबाट उपाध्यक्षमा गीता शिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल रहेका छन् । यो समूहबाट महासचिव दिपकराज भुसाल दोहोरिएका छन् ।

त्यस्तै सचिवका लागि भावनाथ हुमागाई र रत्नबहादुर भट्टराई उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा आशीष कार्की तथा सहकोषाध्यक्षमा विकल्पराज पौडेल छन् ।

सदस्यहरूमा सुवर्ण बस्नेत, उमा खड्का, विजयकुमार बस्नेत, रमेश लुइँटेल, हेमराज थापा र गोविन्द खनाल छन् । 

अध्यक्षका लागि पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले पनि आफ्नो प्यानल घोषणा गरेका छन् ।

ईक्यानमा देशभरिका ६०० जना सदस्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ