arrow

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । 

कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुनेछ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । 

यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए । 

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गलीलगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छाडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ