arrow

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
mohan-sitaula-yugkabi-siddhicharan-shrestha-2080-03-29.jpg

काठमाडौँ । वरिष्ठ साहित्यकार एवं शिक्षाविद् प्राध्यापक मोहन सिटौला युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सिटौलालाई सो पुरस्कारबाट सम्मान गरिएको हो । 

सिटौला अमेरिकामा रहेका कारण उनका पुत्र अखिल सिटौलाले संस्कृति मन्त्री सुदन किराँतीबाट पिताको पुरस्कार ग्रहण गरेका थिए । 

मन्त्रालयले दिँदै आएको पुरस्कारमा सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार पहिलो पटक हो । 

सिटौलालाई प्रदान गरिएको सम्मानपत्रमा लेखिएको छ, 
सम्मानपत्र
‘श्री मोहन सिटौला, काठमाडौँ । नेपाली, नेपाल तथा अन्य भाषा साहित्य एवम् स्वच्छन्दवादी र प्रगतिवादी कविताको क्षेत्रमा अनवरत रुपमा क्रियाशील रही पुर्याउनु भएको अतुलनीय योगदानका लागि नेपाल सरकारद्धारा स्थापित युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट यहाँलाई सम्मानित गरिएको छ । यस पुरस्कारबाट सम्मानित हुनु भएकोमा हार्दिक बधाईसहित यहाँको सिर्जनात्मक कार्यको निरन्तरताको लागि शुभकामना व्यक्त गर्दछौँ ।’

कार्यक्रममा नौ विधामा ४७ पुरस्कार वितरण गरिएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ