arrow

स्रष्टाहरुलाई राष्ट्रिय पुरस्कार

logo
रासस,
प्रकाशित २०८० असार २९ शुक्रबार
nepal-gov-awarded.jpg

काठमाडौँ। भाषा तथा साहित्यको राष्ट्रिय विधातर्फको राष्ट्रिय पुरस्कार साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति विधातर्फको राष्ट्रिय पुरस्कार डिल्लीप्रसाद पोखरेललाई प्रदान गरियो। यसै गरी ललितकलातर्फको राष्ट्रिय पुरस्कार कालाकार रागिनी उपाध्याय र सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय पुरस्कार शान्तिराम राईलाई प्रदान गरिएको छ ।

कार्यक्रममा महाकवि देवकोटा पुरस्कार पाँच जना र भगतसर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई प्रदान गरियो। 

यसै गरी गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार दुई जनालाई प्रदान गरिएको छ। इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार एक जनालाई प्रदान गरिएको छ।

यसै वर्षदेखि सुरु भएको आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार कोषराज पौडेल, योगमाया राष्ट्रिय पुरस्कार पवन आलोक कँडेल, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार मोहन सिटौला र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार गोविन्द आचार्यलाई प्रदान गरिएको छ।
 
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्ता पुरस्कारले स्रष्टालाई सिर्जनामा प्रोत्साहन मिल्ने बताए।

राज्यमन्त्री सुशीला श्रीपाली ठकुरी, नेपाल प्रज्ञा प्रतिष्ठितता कुलपति भुपाल राई र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलगायतले स्रष्टा सम्मानलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताएका थिए।

सो अवसरमा भाषा तथा साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य गरी चार विधामा सातै प्रदेशका २८ जना स्रष्टासमेतलाई सम्मान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ