arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३० शनिबार
uml-sachibalaya-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निर्माणका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्नुअघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रुपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि आज सचिवालय बैठक बोलाइएको हो । 

बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरुको कार्यविभाजन तथा अन्य विषयमा छलफल गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ