arrow

गीतादेवी हत्याका फरार अरोपी गाेरख जेलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३० शनिबार
jail1.jpeg

डडेल्धुरा । महिलाको हत्या आरोपमा दुई वर्षपछि पक्राउ परेका मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाल कारागार चलान भएका छन् । 

डडेल्धुराको भागेश्वर गाउँपालिका-३ लामिकाँडेकी ३६ वर्षीया गीतादेवी मल्लको हत्या आरोपमा दयाललाई प्रहरीले यही असार दोस्रो साता पक्राउ गरेको थियो ।  

मल्लको हत्यामा संलग्न रहको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

विसं २०७८ साउन ८ गते बैतडीको मेलौली नगरपालिका-५ स्थित माइती घर आउँदै गरेकी मल्ल मेलौली नगरपालिका-७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।

शव फेला परेपसछि प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दा गोरखको संलग्नता रहेको भन्दै गोरखलाई पक्राउ गरेको थियो ।  

मृत्युभन्दा अघिल्लो दिन मल्ल गोरखको सम्पर्कमा आएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक जोशीले बताए ।

गोरखविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्दा निजले प्रहरीसमक्ष मल्लको हत्या गरी शव फालेको भनी बयान दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ