arrow

मनमोहनमा स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३० शनिबार
pakrau9.jpg

काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए । उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 

उनका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । 

निजहरुले मानसिक तनाब दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन् । अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनका अनुसारका घटनाबारे थप अनसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ