arrow

यस्तो हुनेछ असारको अन्तिम दिन 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० असार ३१ आइतबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग
मिति २०८० असार ३१ गते आइतबार, इस्वीसंवत जुलाइ १६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार शुद्धश्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धश्रावणकृष्णपक्षको चतुर्दशी तिथि रातिमा ९ः२७ बजेसम्म त्यसपछि अमावश्या तिथि लाग्नेछ । 

नक्षत्रमा आद्रा रातिमा २ः५१ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ध्रुव ११ घटि ३५ पलासम्म त्यसपछि व्याघात योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ११ पला अर्थात १३ घण्टा ४३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१९ बजे रुद्र मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ६ः५९ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ३ः३६ बजे हुनेछ भने चन्द्रअस्त साँझमा ६ः१४ बजे हुनेछ । 

आजको राशिफल
मेषः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि होसियारी पुर्याउनपर्ने खालको रहेको छ । कामकार्यमा विभिन्न अवरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुःख दिनसक्ने र नसोचेको झमेला आइपर्न सक्ने पनि सम्भावना छ ख्याल गर्नुहोला । अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । 

वृषः वृष राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक स्फूर्ति बढेको हुनाले कार्यमा लगाव पनि बढ्ने र इष्टकार्य पूर्णहुने तथा पौरख गर्न सकिने छ । विशेष उपलब्धिको ग्रहयोग परेकोले रोकिएर रहेका काम पूरा गर्ने अवसर मिल्नेछ । सहयोगी हातहरु पनि जुट्ने छन् भने तपाईले आफ्नो क्रियाशिलताको प्रशंसा पनि पाउनु हुनेछ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउने छ । भातृक्लेश भएकाहरुले सोलाई निवारण गर्न कुनै उपाय गरेमा आज सफल हुनेछ । पेशा तथा व्यवसायिक कामबाट राम्रो परिमाणमा आर्थिक आयआर्जन गर्न सकिनेछ ।

मिथुनः मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । तथापि बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तरपनि धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज उत्तर तर्फको यात्रामा विशेष ध्यान दिनुहोला । 

कर्कटः कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचरग्रहको केही बाधक अबस्था हुँदाहुँदै पनि ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । दिन मनोरञ्जन एवम् खुशियालीले युक्त रहनेछ । मनपर्ने स्वादिष्ट भोजनद्वारा स्वागत्सत्कार मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने सम्भावना छ । पारिवारिक सौहार्द वातावरणको निर्माण हुनेछ । नयाँकाम वा शेयर आदिको लगानीको प्रस्ताव आउनसक्ने छ । नोकरी आदि पेशागत कामकार्यमा लाभ एवम् सफलता प्राप्त हुनेछ । 

सिंहः सिंह राशि हुनेहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । 
    
कन्याः कन्या राशि हुनेहरुको लागि आजको दिन उद्यम तथा व्यवसायिक कार्यमा प्रगति हुनाले अर्थसङ्कलन हुनेछ । प्रतिस्पर्धामा विजय मिल्ने एवम् प्रख्याति बढ्नेछ । अध्यनअध्यापन एवं सन्तानका क्षेत्रमा आएको समस्या कम हुनेछ । सहयोगी बढ्नेछन् । सामुहिक कार्यमा पनि सफलता मिल्नेछ । गुमेको प्रतिष्ठा ल्याउन सकिने छ । नयाँ लगानीको अवसर मिल्नसक्ने तथा प्रस्ताव आउने सम्भावना छ । विवाहयोग्य युवायुवतीको हकमा विवाह प्रस्ताव आउन सक्नेछ । 

तुलाः तुला राशि हुनेहरुका लागि आजको दिन गोचर ग्रह अनुकूल देखिएको छ । मानप्रतिष्ठा बढ्ने, पदीय हैसियत फराकिलो हुने, थप जिम्मेवारी मिल्नसक्ने आदि सकारात्मक फल मिल्न सक्ने छ । उच्चस्थ व्यक्ति तथा अधिकारीसँग भेट्घाट हुने र सरकारी निकाय आदिबाट सम्पन्न हुने कामकार्य सम्पादन गर्नसकिने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन्, ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । पश्चिमतर्फको यात्रामा भने ध्यान दिनुहोला । 

वृश्चिकः वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आजको दिन माथिल्लो निकायबाट अनपेक्षित रुपमा दबाब, ईष्र्यालु तथा कमजोरी खोज्नेहरु सक्रिय रहेपनि आज गुरु एवं इष्टदेवको कृपा रहने हुनाले अन्तिम परिणाम सकारात्मक निस्कने छ । शुरुशुरुमा मिथ्या आरोप, भयत्रासको वातावरण सृजना भएपनि सत् प्रयत्न गर्नाले परिणाम सुखद ल्याउन सकिनेछ । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनसकिने छ भने आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म पनि बढ्नेछ । केही धनलाभ एवं इष्टार्जन गर्न सकिनेछ । 

धनुः धनु राशि हुनेहरुका लागि आजको दिन अनपेक्षित रुपमा दिन संघर्षकर अनुभूति हुनसक्ने छ । विघ्नबाधाको सामना गर्नुपर्ने स्थिति सृजना हुने, कडा मेहनतलेमात्रै अल्पलाभ मिल्नसक्ने छ । विमारी पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ । साथै संयमशक्तिको बृद्धि गर्नु मनासिव हुने छ । विघ्नबाधा तथा वेचैनीेको सामना गर्नु परेपनि धैयता नटुटाउने र स्वकर्ममा एकाग्र रहने गर्नाले सम्भावित क्षतिखति एवं प्रतिकूलतामा कमि ल्याउन सकिने छ भने आंशिक लाभ एवं सफलता प्राप्त गर्न सकिने छ । 

मकरः मकर राशि हुने व्यक्तिहरुका लागि आजको दिन जीवनसाथी तथा प्रेमीको सहयोगी भूमिकामा ह्रास आउनसक्ने छ भने नव दम्पति वा प्रेमीबीच केही असमझदारी उत्पन्न हुनसक्ने पनि सम्भावना छ । यात्रामा हिँडेको यात्री बीचबाटै फर्क पर्नसक्छ, व्यवसायिक लाभ भएपनि बचत हुननपाउने भय देखिएको छ । संयोग–विछोड दुबैको सम्भावनालाई गोचरले लक्षित गरेको छ । सामान्यतया मुख्य ठानिएका काममा उपर्युक्तजन्य प्रतिकूलता व्यहोर्न परेपनि सामान्य दैनिकी कार्यमा भने डराइहाल्न पर्दैन । आँट साहस बढ्ने, नहुनुभन्दा कानो मामा जाती भनेजस्तै थोरैले भएपनि चित्त बुझाउन पाइने छ ।    

कुम्भः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आँट साहस बढाउने गोचर परेको छ । स्वास्थ्यमा आरोग्यता र अनुहारमा कान्ति बढ्ने छ । शुभेच्छुक बढ्नेछन् भने विरोधी तत्त्व पाखा सर्ने तथा समझदारीमा आउन चेष्टा गर्ने छन् । विशेष कामकार्य तथा उद्यमविकासको बारेमा कार्ययोजना बन्नसक्ने छ भने विशेष स्थानको यात्रायोजना पनि तय हुनसक्ने छ । प्रेम अभिलाषीहरुको लागि पनि दिन विशेष अनुकूल रहनेछ । दाम्पत्य एवं प्रेमसुख तथा गौरवको अनुभूति हुने छ । शारीरिक क्षमतामा बढोत्तरी हुन जानाले थातिरहेका कामकार्यलाई पूर्ण गर्ने मौका मिल्नेछ । 

मीनः मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मप्रशंसाको आसक्तिले मनलाई दुःख दिनेछ । आज पराइबाट हुने मूल्याङ्कनमा नं. घट्न सक्ने छ । शुरुमा ज्ञान विज्ञानको फुर्ति गरेपनि पछि आफैलाई अपूर्णताको महसूस हुनजाने छ । भौतिक पदार्थको अभाव खट्किन पनि सक्नेछ । कसैकसैलाई अरु खाइस बुद्धि आफू खाइस रीस भनेजस्तो पर्नसक्ने छ । कामकार्य तथा जनव्यवहारमा व्यवहारिकतालाई जोड् दिनु बुद्धिमानी र हितकर हुनेछ । 

साइतः सूर्य मिथुन राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला
बिहान ०५ः१८ बजेदेखि      ०७ः०१ बजेसम्म     उद्धेग बेला
बिहान ०७ः०१ बजेदेखि      ०८ः४४ बजेसम्म    चर बेला
बिहान ०८ः४४ बजेदेखि      १०ः२६ बजेसम्म    लाभ बेला
बिहान १०ः२६ बजेदेखि       १२ः०९ बजेसम्म    अमृत बेला
दिनमा १२ः०९ बजेदेखि       १ः५२ बजेसम्म     काल बेला
दिनमा १ः५२ बजेदेखि        ३ः३५ बजेसम्म      शुभ बेला
दिनमा ३ः३५ बजेदेखि        ५ः१८ बजेसम्म      रोग बेला
साँझ ५ः१८ बजेदेखि        ७ः०१ बजेसम्म      उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । 

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ