arrow

एमालेप्रति यातायात मन्त्रीको कटाक्ष- धूप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
prakash-jwala-ncp-united-parliament.jpg
फाइल तस्बिर

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् ।  

आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धूप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे । 

उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे । 

उनले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरूले आशावादी नबन्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ