arrow

अनलाइन हिंसा भुसको आगोसरी– भुर्तेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
wwj-2080-03-30.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विजय भुर्तेलले पछिल्लो समय पत्रकार महिलामाथि अनलाइन हिंसा भुसको आगो सरी फैलिएको बताएका छन् । 

क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे) ले काठमाडौँमा आयोजना गरेको ‘पत्रकार महिलाको नेतृत्व विकासका लागि सम्पादन सीप’ विषयक कार्यक्रममा बोल्दै उपसचिव भुर्तेलले पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार महिलामाथि हुने अनलाइन हिंसा भुसको आगो सरी फैलिएको भन्दै यसलाई कम गर्न समाचार कक्षमा तनावरहित वातावरण निर्माण गर्नुपर्ने बताए । 

सञ्चार मन्त्रालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा भुर्तेलले मिडिया हाउसले लैङ्गिक संवेदनशीलतालाई ध्यान दिनुपर्ने भन्दै पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । 

डब्ल्यूडब्ल्यूजेकी संस्थापक अध्यक्ष संगीता लामाले नेपालको पत्रकारिताको अवस्था र सम्पादकीय सीपको बारेमा जानकारी दिँदै पत्रकार महिलाले आफ्नो लेखन क्षमता वृद्धि गर्नुपर्ने बताइन् । 

क्रियाशील पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष निर्मला आचार्यले पत्रकार महिलाको छाता संस्थाको रूपमा ४८ जिल्लामा क्रियाशील पत्रकार महिलाको शाखा सक्रिय रहेको भन्दै विशुद्ध पत्रकार महिलाको क्षेत्रमा काम गर्दै जाने बताइन् । 

उपाध्यक्ष रामकला खड्का, महासचिव चन्दा विष्ट लगायतले पत्रकार महिला दक्ष भए संचार क्षेत्रमा राम्रो सम्भावना रहेको बताए । 

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब २५ जना सम्पादक महिलाको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ