arrow

विभागमा थपिए ११ जना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
uml-cpn.jpg

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । 

विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए । 

उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।  

आइतबार मनोनीत गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ