arrow

सबै प्रदेशमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  आज देशभर आंशिक  देखी सामान्य बदली रहनेछ।  सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती मधेस प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ