arrow

काँग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका एजेन्डामा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउँसो २ बजे बस्नेछ । 

देउवाले पदाधिकारीसँग छलफल गरेपछि दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनपछि स्थगित भएको सो बैठक मंगलबार बस्दैछ । 
 
आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।



नयाँ