arrow

अभिषेक समाजवादी पार्टीमा प्रवेश गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
abhishek-bachchan.jpeg

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले अब राजनीतिमा हात हाल्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेक समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । 

अभिषेक चाँडै अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्ने भएका हुन् । महानायक अमिताभ बच्चनका छोरा अभिषेक सन् २०२४ मा प्रयागराजबाट चुनाव लड्न सक्नेछन् । 

अभिषेककी आमा जया बच्चन पनि राज्यसभा सदस्य हुन् । जया बच्चन लामो समयदेखि समाजवादी पार्टीको हिस्सा रहेकी छिन् । बाबु अमिताभले पनि प्रयागराजबाट चुनाव लडेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ