arrow

राष्ट्रिय वाणिज्य बैंकको यस्तो छ नयाँ ब्याजदर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
Rastriya-Banijya-Bank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै आजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले ३ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदरअनुसार ६ महिनादेखि ५ वर्षसम्मको साधारण र विशेष मुद्दती निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिने जनाएको हो ।

त्यस्तै, रेमिट्यान्य मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र ३ महिनादेखि २ वर्षसम्मको मुद्दती निक्षेप (राष्ट्रिय गौरब आयोजना प्रभावितहरुका लागि मात्र) का लागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले सामान्य बचत खातामा ४.८६ प्रतिशत ब्याजदर तोकेको छ भने त्यसबाहेक अन्य बचत निक्षेपमा ६.६६ प्रतिशत ब्याजदर तोकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ