arrow

भारतसँग नेपाल निरीह, नौ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
cricket-nepal-india-2023-07-17a.jpg

काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतको ए टिमसँग निरीह प्रदर्शन गरेको छ । नेपाल नौ विकेटले पराजित भएको छ । 

श्रीलंकाको आर प्रेमदासा रंगशालामा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गरेसँगै नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रनमात्रै बनायो । 

कप्तान रोहितले कप्तानी इनिङ्स खेले पनि टिमलाई उच्च स्कोरतर्फ लैजान सकेनन् । रोहितले ८५ बलमा ७ चौकाको मद्धतले ६५ रन बनाए । 

त्यस्तै गुल्सन झाले ३० बलमा ३८ रन बनाए । देव खनालले १५ तथा सोमपाल कामीले १४ रन बनाए । बाँकी ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

३७ रन जोड्दा चार विकेट गुमाइसकेको नेपाललाई रोहित र गुल्सनले केही सम्हाल्ने प्रयास गरेका थिए । 

भारतका लागि निशानत सिन्धूले ४ तथा राजवर्दन ह्याङ्गरगेकरले ३ विकेट लिए । 

जवाफमा भारतले २२.१ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । अभिषेक शर्माले ८७ तथा साइ सुदर्शनले अविजित रहँदै ५० रन बनाए । 

नेपाली बलरहरु पूरै फ्लप भएको इनिङ्समा कप्तान रोहित पौडेलले १ विकेट लिए । 

यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । 

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो ।  

नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । 

अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बंगलादेश र ओमान रहेका छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । फाइनल खेल २३ जुलाईमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ