arrow

आजको मौसम

उपत्यकामा वर्षा, उडान प्रभावित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।  

मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन् ।  पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ