arrow

कास्कीमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
accident rupa.jpg

पोखरा । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ६ भोर्लेटारका २३ वर्षीय विवेक विक रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते हुनेमा जितेन्द्र विक रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग१प ८६७६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१५प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिकाको पोल्याङमा ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बसचालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ