arrow

एसईईमा सर्वोकृष्ट बनेका विद्यार्थीहरू पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
Samman.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले एसईई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

वडाध्यक्ष किरण बराल र पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान र पुरस्कृत गरेका हुन् ।

वडाभित्रका सामुदायिक विद्यालयतर्फ भद्रकालीका माध्यमिक विद्यालयका शीतल अधिकारीले ३.८ जीपीए, रतनपाण्डे माविका राजकुमार तामाङले ३.३५ जीपीए, आर्बा विजय माध्यमिक विद्यालयका विनायक बरालले २.६ जीपीए ल्याएका थिए ।

कार्यक्रममा शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत भण्डारीले विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना व्यक्त गरे । 

वडाध्यक्ष किरण बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य सरिफ अलिमियाँ, भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारी, वडाका शिक्षा समितिका सदस्य गोविन्द सिग्देल लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ