arrow

‘गदर’ चल्दैन भनेको सम्झिए सनी देवलले

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
sunny-deol.png

काठमाडौं ।  भाजपा सांसद तथा बलिउड अभिनेता सनी देवलले ‘गदर’ बक्स अफिसमा चल्दैन भनेको सम्झिएका छन् ।  ‘गदर २’ को प्रमोशनमा अमिषा पटेलसँगै कपिल शर्माको शोमा पुगेका सनीले सो कुरा सम्झिएका हुन् । 

‘गदर’ रिलिज हुँदा बलिउडका निर्माताहरूले यो पञ्जाबी फिल्म हो र बक्स अफिसमा चल्दैन भनेका थिए  ।  सनीले भने,' धेरैले यसलाई हिन्दीमा डब गर्ने सल्लाह पनि दिए।  तर दर्शकले उनीहरूलाई गलत साबित गरिदिए ।  फिल्म ‘गदर’ बक्स अफिसमा हिट साबित भयो ।' 

सनीले ‘गदर’ हिट भएपछि मात्र निर्माताले ‘गदर २’ बारे सोचेको सुनाए । फिल्ममा सनी देवल र अमिषा पटेल मुख्य भूमिकामा रहेका छन् । ‘गदर २’ सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर’ को सिक्वेल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ