arrow

राष्ट्रसङ्घको फोरममा उपाध्यक्ष श्रेष्ठले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
minbahadur_sh.JPG

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । 

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उनले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गरेका हुन् । 

यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका थियो । फोरममा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिको सहभागिता छ ।

अल्पविकसित राष्ट्रहरूमा सङ्कटका प्रभाव प्रकास पार्दै अल्पविकसित राष्ट्रमा दिगो विकास लक्ष्यका योजना र कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उनले बताए । 

उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरे । 

उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए । 

उच्चस्तरीय राजनीतिक फोरममा सहभागी हुन नेपाली टोली गत असार २८ गते अमेरिकाको न्यूयोर्क पुगेको थियो । 

उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको उक्त प्रतिनिधिमण्डलमा सङ्घीय सांसद तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, सङ्घीय सांसद तथा एमालेका सचेतक महेशकुमार बर्तौला र नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अन्य अधिकारी एवम् संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगका अधिकारी सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ