arrow

गगन थापाले प्रस्तुत गरे काँग्रेसको एक वर्षको कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
gagan-thapa-2080-04-02.jpg

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ । दिउँसो १ बजेदेखि शुरु हुने भनिए पनि एक घण्टा ढिला गरी बैठक केन्द्रीय कार्यालय सानेपा वीपीनगरमा बसेको हो । 

बैठक एक वर्ष एक सातापछि बसिरहँदा दश वटा एजेन्डा राखिएको छ । बैठकलाई प्रत्यक्ष प्रसारण गरिएको छ । 

बैठकको शुरुआतमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका दश वटा एजेन्डा सार्वजनिक गरेका छन् । 

उनले ती एजेन्डा कसले के प्रस्ताव पेश गर्ने भन्ने बारेमा जानकारी दिने बताए । सो क्रममा उनले केन्द्रीय कार्यालयले तयार पारेको एक वर्षको कार्यक्रम अर्का महामन्त्री गगनकुमार थापालाई बोलाएका थिए । 

सोसँगै गगन थापाले एक वर्षको तालिका सुनाएका छन् । उनले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् । 

उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि उनले बताए । 

उनले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको गगनले बताए । 

समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन् । 

भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ