- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक जारी रहेको छ । हिजोदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।
प्रत्येक सदस्यलाई बढीमा १० मिनेटको समय राखेर दिइने भएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो ।
मंगलबार दिउँसो सवा २ बजे शुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए ।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ ।
त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
हिजो दुई घण्टा मात्रै बसेको बैठकमा आजदेखि अलि लामो समयसम्म चल्ने बताइएको छ ।