arrow

नेपालले यूएईलई १५७ रनमै रोक्यो, कुशल भुर्तेलको कीर्तिमानी बलिङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
cricket-nepal-uae-2023-07-19.jpg

काठमाडौँ । कुशल भुर्तेलको कीर्तिमानी बलिङसँगै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा यूएईलाई १५७ रनमा अलआउट गरेको छ । 

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको यूएई ४४ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो । यूएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रन बनाए । 

पाँच खेलाडीलेमात्र दोहोरो स्कोर खडा गरेको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा नेपालका लागि कुशलले कीर्तिमानी बलिङ गरे । उनी एक्लैले ६ विकेट लिए । भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिएका हुन् । 

राष्ट्रिय टिमबाट भुर्तेलले एकै इनिङ्समा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए ।  

समूह बी मा रहेका नेपाल र यूएई ए समूह चरणबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 

यूएई भारतसँग ८ र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो । यूएईले दोस्रो रोजाइका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको हो । 

यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । नेपालको समूहबाट भारत र पाकिस्तान छानिएका छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । 

सेमिफाइनलका दुई विजेता उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ । 

अर्को समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । अफगानिस्तान र ओमान भने बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ