arrow

बरामद सुन करिब सय किलो, तीन जना समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
gold-gold.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन करिब एक सय किलो रहेको छ । 

बुधबार साँझ  राजस्व अनुसन्धान विभागले विमानस्थलमा गरेको अपरेशनमा करिब एक सय किलो सुन बरामद गरेको हो।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । 

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । 

सुन हङ्कङबाट आएको खुलेको छ । थप अनुसन्धान जारी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ