arrow

आधा शताब्दीअघि ब्रुस लीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
brush-lee.jpg

काठमाडौं ।  मार्सल आर्टका प्रशिक्षक भनेर चिनिने ब्रुस ली अभिनेता र निर्देशक थिए । चीनमा जन्मेका ब्रुस ली आफ्नो एक्सन फिल्म र मार्सल आर्ट प्रविधिका लागि परिचित छन्। 

ब्रुस ली सन् १९७३ जुलाई २० मा सानै उमेरमा यस संसारबाट बिदा भए। अभिनेता तथा मार्सल आर्टिस्ट ब्रुस लीले हलिउडमा जम्मा सात वटा फिल्ममा काम गरे जसमध्ये तीन वटा उनको मृत्युपछि मात्रै रिलिज भएको थियो। आज ब्रुस लीको मृत्यु भएको आधा शताब्दी अर्थात ५० वर्ष पुगेको छ । 

नोभेम्बर २७, १९४० मा चीनको सान फ्रान्सिस्कोमा जन्मेका ब्रुस लीले सानै उमेरमा अभिनय संसारमा प्रवेश गरे। १८ वर्षको उमेरमा २० वटा फिल्ममा काम गरिसकेका ब्रुस लीको मार्सल आर्ट देखेर मानिसहरूले जिब्रो टोक्ने गर्ने । उनी सानै उमेरमा मार्सल आर्टमा यति निपुण भएका थिए कि उनको कला देखेर दर्शकदेखि ठूला योद्धाहरू पनि दङ्ग परेका थिए । उनी सधैँ अभ्यास गर्ने गर्थे ।

अभिनय र निर्देशनको अलावा ब्रुस लीले बालबालिकालाई मार्सल आर्ट सिकाउथे । तर २० जुलाई १९७३ मा हङकङमा उनको मृत्यु भयो । 

आजभन्दा ५० वर्षअघि २० जुलाईमा ब्रुस ली आफ्नो आगामी फिल्म ‘गेम अफ डेथ’ को तयारीका क्रममा फिल्म निर्माता रेमण्ड चोलाई भेट्न उनको घर गएका थिए । त्यहाँ उनको अचानक टाउको दुख्यो, त्यसपछि उनका साथीले एनाल्जेसिक औषधि दिए। साथीलाई औषधिले ब्रुस लीलाई मार्नेछ भन्ने पनि थाहा थियो। भयो त्यस्तै सो औषधिले प्रतिक्रिया देखायो, ब्रुसको मस्तिष्कको आकार १३ प्रतिशतले बढ्यो र उनको मृत्यु भयो।

ब्रुस लीलाई लामो समयदेखि टाउको दुखेको थियो, जसका कारण उनी फिल्मको सेटमा बेहोस भइरहन्थे। डाक्टरको परीक्षणमा ब्रुस ली ‘सेरेब्रल एडिमा’ नामक रोगबाट पीडित रहेको खुलासा भएको थियो । सो कारण पीडितलाई सास फेर्न पनि कठिनाइ हुने गर्छ र कहिलेकाहीँ व्यक्ति बेहोस पनि हुने गर्छ । एक्शन सुपरस्टार ब्रुस ली पनि यो रोगबाट पीडित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ