arrow

काँग्रेस लाईभले भित्र एउटा र बाहिर अर्को कुरा गर्ने प्रवृत्ति रोकिन्छ : प्रवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
congress-meeting-2080-04-00b.jpg

काठमाडौं ।  काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक लाईभ गरेपछि प्रवक्ता डा. प्रकाशशरण महतले राम्रो गरेको बताएका छन् । 

 महतले काँग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा भ्रम पैदा नहुने बताए ।  उनले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाउनुभएको बताए । 

उनले विगतमा भित्र एउटा र बाहिर अर्को हुने कुरालाई लाइभका कारण रोकिने विश्वास लिए। उनले लाइभ आइसकेपछि नेताहरूले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए । 

उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अप्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ