arrow

बरामद सुन कार्टुनसहित १५५ किलो, ढुकुटीमा राखियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
gold-100kg-2080-04-04.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुन ढुकुटीमा राखिएको छ । 

बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो ।

राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो । 

ढकुटीमा राख्नुअघि सुनको तौल लिइएको छ । राजस्व अनुसन्धान विभागले लाहाछापा लगाएर ल्याएका आठ पोकाको तौल १५५ किलो ४६८ ग्राम रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।

उनका अनुसार वास्तविक सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुन्छ । अब विभागबाट पत्र आएपछिमात्र थाहा हुने उनको भनाइ छ । बेरिएको कपडा, कार्टुन, ब्रेक सुल निकालेर जोख्दामात्रै वास्तविक सुनको परिमाण आउने हो । त्यसो गर्दा सुन कम हुनेछ । 

रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । 

उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ