arrow

सुन प्रकरणमा विमानस्थलबाट चिनियाँ नागरिकसहित दुईजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
tribhuvan-international-airport-2079-08-04.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको १५५ किलो (कार्टुनसहित) सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।

यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

उक्त प्रकरणमा यसअघि राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ