arrow

सीजीएग्रोटेक र डीएमसीसीबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
cgagrotek-dmcc.jpg

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 

यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ ।  हालै सम्पन्न एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

यसबाहेक यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।

यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजीएग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे । 

“डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ,”चौधरीले भने । 

डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीकाअनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । 

साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मूल्याङ्कन गर्न मद्दत पुग्नेछ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ